Monday, March 9, 2009

गीत (हावा)

 

तिमीलाई चिट्ठी पठाउ भन्थे,चिट्ठी हावाले उडाइडियो ,

तिमीलाई प्रिती पठाउ भन्थे,त्यो पनि त्यस्ले चुडाइडियो

अब मेरो के  दोस ? हावाको  दोस,

तिमीले त्यतै हावामा खोज,  तिमीले त्यतै हावामा सोध

 

फूलको थुंगा पठाउ भन्थे , त्यो पनि असिना पानीले खायो,

असिना पनि हावाले ल्यायो

अब मेरो के  दोस ? हावाको  दोस,

तिमीले त्यतै हावामा खोज,  तिमीले त्यतै हावामा सोध

 

तिमीलाई मौसम पठाउ भन्थे, मौसम्नी हावाले बदलि दियो ,

त्यो पनि हावाकै कारण थियो ,

अब मेरो के  दोस ? हावाको  दोस,

तिमीले त्यतै हावामा खोज,  तिमीले त्यतै हावामा सोध

 

                                       

2 एक दिन पक्कै तिम्रो पालो ....................    

मेरो जिन्दगीको यात्रामा तिमीसँग भेट भए पनि

एक मुठी हासो कहिलै मेरो अनुहार आएन

तिमी एक्लै जिउने स्वार्थी मान्छे

जता राम्रो त्यती ढल्किने जता मिठो त्यतै पल्किने

जता बाट हावा आयो त्यतै हल्लिने मान्छे तिमी

मेरो स्थिरता किन मन पराउथियौ ?

मसानघाटमा मान्छे लाई मरे पछी जलाउछन

तर तिमी जिउदै जलाउने रैछौ

हिजो कसैलाई जलायौ,आज जल्दैछु

भोली कसैलाई जलाउछौ

हामी जल्नलाई नै जन्म लिएका रैछौ

अनी तिम्रो जन्म केबल अरुलाई जलाउन रैछ

तिमी जलाउनेलाई के थाहा हुन्छ जल्नुको पिडा ?

तर जो जल्छ त्यस्लाई पनि नसोध है ? जल्नुको पिडा

उस्ले भन्न सक्दैन,किनकी जलिरहेकोछ जलिरहनेछ

जल्नेहरु जल्दै गर्छन्,तर तिमी जलाउदै जाउ

खरानी भये पनि अझ जलाउ,किन कि जलाउनु तिम्रो पेशा हो

ईतिहासको कुनै घटनाले पनि छुदैन तिम्रो मन,

बिधवाको सिउदो बच्चाको रुवाइले नै छुन्छ, तिम्रो मन

ब्यधाले हरीणलाई तिर् हानी पल्टाए पनि केही फरक पर्दैन तिमीलाई,

त्यती कठोर् छौ तिमी,बरु पहराबाट पानी रसाउला,

तर पलाउदैन तिम्रो मन,रसाउदैन तिम्रो आँखा

किनकी तिमी जिउदो मान्छे जलाउने पर्यौ,,,,,,

अझै जलाउदै जाउ तिमी,

पछी पनि धेरै मान्छे बाँकी छन यहाँ 

अरुलाई जलाउनु मा नै तिम्रो जिन्दगीको अर्थ लुकेको

.......... अरुलाई जिउदै जलाउने मान्छे......

एउटा कुरा तिमी पनि याद गर है.....

तिमी पनि अजर छैनौ नि यहाँ

अब को ५० या १०० बर्ष पछी नै किन नहोस्

एक दिन यो संसार छोड्नै पर्छ तिमीले पनि,

अनी त्यो दिन तिमीलाई पनि जलाउने कसैले

खरानी नै बनाएर गंगामा बगाउने कसैले

कुरा यती नै फरक हो कि,

आज जले

भोली तिम्रो पालो

भोली नभए पर्सी तिम्रो पालो.....

पर्सी पनि नभए अर्को दिन तिम्रो पालो......

अर्को दिन पनि नभए अझ अर्को दिन तिम्रो पालो ......

एक दिन पक्कै तिम्रो पालो ....................     

No comments:

Post a Comment