साँचो माया भन्ने मेरो निशानी छ तिम्रो लागि,
मेरो कथा सकिए नि, कहानी छ तिम्रो लागि ।
मरी जानी मान्छेलाई सम्झी आसुँ झार्नु हुन्न,
याद आयो भने,खाली सिरानी छ तिम्रो लागि ।
हुने कुरा हुदो रैछ,कस्ले टार्न सक्छ यहाँ,
रात रोइ बिते, पनि बिहानी छ तिम्रो लागि ।
मलाई चाडै बिर्सिएर,अन्तै माया लगाउनु,
रङ उडी गए पनि, जवानी छ तिम्रो लागि ।
सिन्दुर दिनै भ्याइ न छु,आँफै सिन्दुर लगाउ है ?
मेरो लाश जले पनि,खरानी छ तिम्रो लागि ।
मेरो लाश जले पनि,खरानी छ तिम्रो लागि ।
7 गजल
पग्लिएन उन्को मन लाखौं कोशीस गरे पनि,
उन्को आसुँ झर्दैन रे यहाँ कोही मरे पनि ।
ढकमक्क फक्रिएको फूल मात्रै टिप्न खोज्छिन,
उन्लाई मत्लब हुँदैन रे बोटै वैली झरे पनि ।
यो बाटो कहाँ जान्छ ? भनी कहिल्यै नसोध है,
सोझो बाटो बताउदिनन अलपत्रै परे पनि ।
मैले उन्लाई जोगाएर बचाउन खोजेको थे।
उल्टै मलाई शंका गरिन खोलो सँगै तरे पनि ।
हजार बिन्ती गर्दा पनि उनी भित्र बास पाइन,
उन्लाई फरक पर्दैन रे मैले बसाई सरे पनि ।
एउटा कुरा उन्लाई पनि भनीदेउ आज कोही,
मलाई पनि मत्लब हुन्न राबणले सिता हरे पनि ।
सुर्य मरहट्ट
गजल
हेप्पी क्रिस्मस भन्दा भन्दै धेरै पिए मैले हिजो,
तिमी बिर्सी,आफ्नो लागि थोरै जिए मैले हिजो ।
अली अली थप्दै जादा म त धेरै मात्तिएछु,
गाली गरी तिम्लाई पनि दु:ख दिए मैले हिजो ।
नशा चढ्दै गयो,म पनि अघी बढ्दै गए,
दु:ख माथि दु:खहरु सापट लिए मैले हिजो ।
अल्ली बढि पिए पनि पश्चाताप छैन हजुर,
मुटुभित्र बिछोडको घाऊ सिए मैले हिजो ।
सुर्य मरहट्टा
9 गजल
आँखा छोप्छ धरती र गगनले आज,
धित मारी देउ मेरो, चुम्बनले आज ।
कती तड्पिएर बस्नु जवानीको भोक बोकी ?
भर्छु पेट तिम्रै ओठको मक्खनले आज ।
धित मारी देउ मेरो, चुम्बनले आज ।
फिजाएर आकाशमा बादलु ति केशहरु,
रुझाइदेउ मेरा अँग अँग यौबनले आज ।
धित मारी देउ मेरो, चुम्बनले आज ।
अदालत भित्र पनि नडराई बोल्यौ भने,
तिम्रै जीत स्विकार्ने छ, सदनले आज ।
धित मारी देउ मेरो, चुम्बनले आज ।
--------------- सुर्य मरहट्टा
10 गजल
गास,बास र अलिकती कपास देउ जवानीलाई,
जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई ।
सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर,
कहिले काही चोली खोली,आकश देउ जवानीलाई ।
अन्धकार भित्र धेरै ताड्पिएर बस्नु हुन्न,
हिउँदको घाम तापी प्रकाश देउ जवानीलाई ।
हरियाली आउन फेरी अर्को रितु कुर्नु पर्छ,
अहिले नै बिचार गरी, मधुमास देउ जवानीलाई ।
भोली कहिल्यै आउँदैन,भोली भोली नभन है ?
तिर्खा मेटी थोरै आज मिठास देउ जवानीलाई ।
लोभ गर्दा गर्दै फेरी, भित्र भित्रै खिया लाग्ला ?
बाँध फुट्ला धैर्यताको ? निकास देउ जवानीलाई ।
-----------------------सुर्य मरहट्टा
11 आमाको काख
मेरो आमा मलाई असाध्यै माया गर्छिन्,
म सानो छँदा
आमाको काख नै मेरो संसार थियो ।
न त कुनै डर थियो,
म सुरक्षित थिए,आमाको काख भित्र ।
जब जब म ठुलो हुँदै गए,
आमाको काख मलाई साँघुरो हुँदै गयो ।
तब आमाको काख पनि
बिस्तारै म बाट टाढा हुँदै गयो ।
अझ त्यस पछी त झन
गरीबिले आँखा गाड्यो हाम्रो नातामा,
किन बस्न दिन्थ्यो र सँगै ?
अनि तरेँ सात समुन्द्र
त्यही आमाको ममता र सपना बोकेर ।
मैले घर छोड्ने दिनमा
आमा धेरै रुनु भयो।
मैले भने आमा म छिट्टै आउछु ।
दरो मन्ले दु:ख बुझ,
आफ्नो आसुँ आँफै पुछ ।
घर छोडे पछी पो थाहा भयो,
आमाको ममताको मुल्य ।
आज यति ठुला ठुला महलमा पनि
निन्द्रा लाग्दैन मलाई ।
मलाई आफ्नै त्यही घर चाहिएको छ ।
पुरानो र झुप्रै भए पनि
मलाई आमा सँगै बस्नु छ ।
आमा ......................
म घर छिट्टै आउछु होला
खेतले पनि मलाई पर्खी रहेको छ ।
राम्रोसँग जोत्नु छ यसपालि ।
पोहोर पनि घर बनाइएन ।
हुरिले छानो उडायो होला,
बर्खाले तिमीलाई रुझायो होला ।
तर यसपाली चाँही
बर्खा नलाग्दै आउछु आमा ।
तिमीलाई रुझ्न दिन्न,
छानोहरु सबै टाल्छु
पानी बलेसी मै झर्नी बनाउछु ।
म साच्चै आउछु आमा
पक्कै छानो छाउछु आमा ।
----------- सुर्य मरहट्टा
13 नयाँ बर्ष 2009
पोहोर पनि आएको थियो नयाँ बर्ष,
यसै गरी बाजा बजाएर,
शहर बजार थर्काएर नै आएको थियो ।
म पनि खुशीले रमाएको थिए,
लग्थ्यो,मेरो लागि पनि आएको हो
नयाँ बर्ष।
तर जादा रुवाएर गयो ।
मैले केही गरिन गएको बर्षमा ।
न कसैको भोको पेट भँरे,
न कसैका लागि बाचेँ ।
न त प्रिती नै गाँसे कसैसँग ?
बिना अर्थ बित्यो,मेरा ति ३६५ दिनहरु ।
एक्दिन पनि हाँस्न पाइन म ।
फेरी त्यही भ्रमहरु बोकेर
क्यक्टस्को बिच लालिगुराँस फुलाएर
फेरी आएको छ,नयाँ बर्ष ।
तर यसपाली त्यसै खेरा जान
दिन्न म नयाँ बर्षलाई ।
केही गर्ने छु कसैका लागि ।
धेरैको भोको पेट भर्नु छ यो बर्ष ।
बाच्नु छ कसैका लागि ।
देश पनि बनाउनु छ यही बर्ष ।
प्रिती पनि गाँस्नु छ यसै बर्ष ।
भात्किएको मन्को खन्डहरहरुमा
बस्ती बसाउनु छ पिरतीको ।
गतबर्ष भात्किएको कोशीको बाँध्
पनि बनाउनु छ यसै बर्ष ।
धेरै काम छ मेरो यो बर्षमा
३६५ दिनमा नै
मैले भ्याउनु छ सबै काम ।
आजै बाट थाल्नुछ सबै काम ।
,,,,,,,,,,, सुर्य मरहट्टा
14 गजल
हिजो ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात् अझै बाँकी थियो ।
टेलीफोन बाटै तिम्रो अंग अंग छोए मैले,
फुल्को थुँगा छोए पनि, पात अझै बाँकी थियो ।
हिजो ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात् अझै बाँकी थियो ।
थाहै नदिइ तिमीलाई मैले सबै चुम्बन गरेँ,
अन्त चुम्बन गरे पनि, हात अझै बाँकी थियो ।
हिजो ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात् अझै बाँकी थियो ।
नयाँ सालको कामनाले मात्रै तिम्लाई पुगेन कि ?
दिनु पर्ने तिमीलाई, सौगात अझै बाँकी थियो ।
हिजो ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात् अझै बाँकी थियो ।
कुरो त्यती बुझिएन, हाम्ले फोन राखे पनि,
म भित्र त जवानीको, मात अझै बाँकी थियो ।
हिजो ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात् अझै बाँकी थियो ।
गजल
देशै बेच्ने सन्धि गरेका नेता,
मेरै देशमा रैछन् मरेका नेता ।
लाएनन देशलाई कहिल्यै उकालो,
ति त सधैं ओराली झरेका नेता ।
सत्ताको निँहुमा जनहत्या गरी,
आफ्नो मात्रै भुँडी भरेका नेता ।
जती खाए पनि अघाउदैनन किन ?
सिंहदरबार भित्र चरेका नेता ।
मौका परे जनता पनि बेचिदिन्छन,
जिउदैमा नर्ग परेका नेता ।
'ईन्द्र'लाई भेटी पनि मैले सोधे,
छैनन रे स्वर्ग तरेका नेता ।
-------- सुर्य मरहट्टा, चितवन ।
गजल
तिम्ले मलाई छोड्दैमा, तिम्ले नाता तोड्दैमा
बाच्नै नसक्ने त हैन म ?
तिम्लाई पाए धेरै बाँच्थे,तिम्लाई पाए धेरै हाँस्थे ।
तिमी नै नभए पछी त,
थोरै नै बाँचिदिउला, थोरै नै हाँसिदिउला ।
लाग्थ्यो फूल सारौला जिन्दगीलाई सम्म्याएर,
के पो हुदो रैछ र आखिर आयु लम्ब्याएर ।
तिम्ले हात छोड्दैमा,तिम्ले नाता तोड्दैमा
बाच्नै नसक्ने त हैन म ?
तिम्लाई पाए धेरै बाँच्थे,तिम्लाई पाए धेरै हाँस्थे ।
तिमी नै नभए पछी त,
थोरै नै बाँचिदिउला, थोरै नै हाँसिदिउला ।
आधा आयु काटी सके,आधा नै छ अब बाँकी
यही आधा पनि बाँच्छु तिमीलाई डाकी डाकी।
तिम्ले साथ छोडदैमा,तिम्ले नाता तोड्दैमा
बाच्नै नसक्ने त हैन म ?
तिम्लाई पाए धेरै बाँच्थे,तिम्लाई पाए धेरै हाँस्थे ।
तिमी नै नभए पछी त, थोरै नै बाँचिदिउला, थोरै नै हाँसिदिउला ।
17 गजल
तिमी रिसाउनुको कारण सोच्दै बित्यो रात पनि,
फूलले पनि बताएन,मौन भयो पात पनि ।
सारा संसार भरी खोजे,छितिज पारी पनि पुगे,
तर जवाफ भेटिएन,रित्तै फर्किए हात पनि ।
कतै यौबन भित्र छ कि ? तिम्रा रिसहरु भनी,
पल्टाइ हेरेँ दुनियाँको यौबनको खात पनि ।
अस्ती अस्ती रिसाइनौ, हिजै किन रिसायौ त ?
पोख्न पनि नपाउने ? भावनाको मात पनि ।
ईश्वर तेरो रचनामा पनि शँका गर्छु मैले,
बुझ्नै गार्हो हुँदो रैछ स्त्री भन्ने जात पनि ।
------------ सुर्य मरहट्टा । गजल
बस्ती जल्यो,गाउँ जल्यो शहर जल्यो तिम्रो रिसले, त्यही शहर भित्र मेरो घर जल्यो तिम्रो रिसले ।
------------ सुर्य मरहट्टा । गजल
18 तिमी फूल भएको भए
बोट मै हेरी रहन्थे म तिमीलाई,
यदि तिमी फूल भएको भए ।
तिमीलाई कहिल्यै म बोटबाट टिप्थिन म,
टिपेको फूल चाडै वैलिएर जान्छ।
कसैलाई मन्दिरमा पनि
चढाउन दिन्थिन म तिमीलाई ।
न त कसैलाई शिरमा नै लगाउन दिन्थे,
फूल शिरमा लगाएको
मलाई मन् पर्दैन ।
म केबल तिमीलाई बोट मै हेरी रहन्थे ।
जवानी मै टिपेर
माला पनि बनाउथिन म तिमीलाई ।
फूलदानिमा पनि
सजाउथिन म तिमीलाई ।
तिमीलाई केबल बोट मै हेरी रहन्थे म ।
कहिल्यै नझर्ने गरी
सदाबहार्
बनाइ राख्थे म तिमीलाई,
मनमा
एउटा छुट्टै बगैचा बनाएर । । । ............. सुर्य मरहट्टा
19 गजल
म भित्र नि माया जाग्यो तिम्ले माया गरेपछी,
माया नै उम्रिदो रैछ,मायाको बिउ छरेपछी ।
बगी जाने खोला जिबन, मौका आउछ पर्खिदैन,
कस्ले टिप्छ ? फूल्को थुँगा बोटबाट झरेपछी ।
नचिने कै भए पनि आजै आफ्नो बनाइहाल,
फेरी भेट नहोला कि ? अन्तै बसाइँ सरेपछी ।
तिमी मलाई विश्वाश गर,म नि तिमिलाई गर्छु
मलाई पनि ढुक्क हुन्छ, तिम्रो भर परेपछी ।
तिम्रो भन्दा मेरै माया हजार गुणा बढी हुन्छ,
कस्को माया बढी रैछ ? थाहा पाउछौ भरेपछी ।
जस्ले तिम्लाई आँखा लाउछ,त्यस्लाई छोड्दिन म,
राबण पनि मरेको थ्यो,सितालाई हरेपछी ।
------------ सुर्य मरहट्टा
20 गजल
21 कपुरी क
पृथ्वीको ठुलो पन्नाहरुमा
बिना मशीको
ठुलो कलम काँधमा बोकेर,
आज पनि उ बेँसीतिर झरेको छ ।
जिन्दगीको धेरै घाम पानीहरु
बर्सौ देखी खेपेर
मृत्युलाई पर्खेरहेको त्यो बुढो मान्छे ।
आसिनापानीले बाली लैजादा
आफुलाई परिक्षामा असफल भएको ठान्ने
त्यो बुढो मान्छे
खेतका गराहरुमा हलो रुपी कलमले
जती जती माटोहरु पल्टाउदै जान्थ्यो,
त्यती त्यती खेतमा अच्छेरहरु बन्दै जान्थे ।
जती सुकै मेहनत गरेर अच्छेरहरु लेखे पनि
गरीबीको कछ्याबाट कहिल्यै पास हुन नसकेको
त्यो बुढो मान्छे
बर्सौ देखी पुरानै कछ्यामा पढि रहेको छ ।
बिल्कुल नयाँ किसिमको,
हाम्रो शब्दकोशमै नभएको अक्छेरहरु
खेतको गराहरुमा लेखिरहेको छ ।
संसारकै शब्दकोशमा नभएको
अच्छेर लेख्ने त्यो महान मानब
अझै पनि
आफ्नै भाषामा
कपुरी 'क'
लेखिरहेको छ ।
लेखिरहेको छ ।
.............सुर्य मरहट्टा
22 गजल
सक्रान्तिको मेला हेर्दै मिठो खाउँला हामी पनि,
यसपाली सकिएन, आघौँ जाउँला हामी पनी ।
अर्को साल पक्कै पनि फर्किने छु तिम्लाई सम्झी,
भिड भित्र हात समाइ, प्रिती लाउँला हामी पनि ।
यसपाली सकिएन, आघौँ जाउँला हामी पनी ।
साथ दिने कोही छैन यसपाली तिमीलाई
अर्को साल दुई मन्को, गीत गाउँला हामी पनि।
यसपाली सकिएन, आघौँ जाउँला हामी पनी ।
रहर लाग्ला तिमिलाई साथीको त्यो जोडी देख्दा,
अर्को बर्ष आफ्नै जोडी, बनाउँला हामी पनि ।
यसपाली सकिएन, आघौँ जाउँला हामी पनी ।
एउटा मेला छुटे पनि तिमी चिन्ता नगर है ?
अर्को बर्ष मेला भित्रै दिनरात,कटाउँला हामी पनि ।
यसपाली सकिएन, आघौँ जाउँला हामी पनी ।
............ सुर्य मरहट्टा
23 ???????????????
बिना देख भेट पनि आघात लागेर पो हो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ?
रिसाएर किन अचेल हाँगै भाँच्न खोज्नु हुन्छ ?
फूल लाग्ने ठाउँमा कतै पात लागेर पो हो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ?
कि, मेरो भन्दा राम्रो गजल अरुले नै पठाएर,
धेरै भइ गजल पनि खात लागेर पो हो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ?
लाखौं मान्छे भेट हुन्छन,शहरको भिड भित्र,
कतै नयाँ साथीहरु हात लागेर पो हो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ?
गजलहरु दिएकै थेँ, माया पनि गरेकै हो,
शायद धेरै गरेँ माया मात लागेर पो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ?
म पनि त मान्छे नै हो, नाउँ सुन्नु भएकै हो,
कि 'मरहट्टा' भन्ने नौलो जात लागेर पो हो कि ?
बोल्नै छोड्नु भयो तपाईं,बात् लागेर पो हो कि ? .............. सुर्य मरहट्टा
24
जती काटे पनि नदुख्ने भयो,
रगतको खोलो नसुक्ने भयो ।
कस्तो लेख्यौ भावी ? नेपाली भाग्य
ॠण् पनि कहिल्यै नचुक्ने भयो ।
बिग्रेको देशमा भत्केको घर,
लुकाएनि पिडा नलुक्ने भयो ।
भिर बाट जन्ता खस्दैछन् अब,
त्यो गाडीको यात्रा नरुक्ने भयो ।
सिमाना बाट शत्रु पसे पनि,
नेता भन्ने 'कुकुर्' नभुक्ने भयो ।
नेपोलियन मरहट्टा
चितवन ।
25 गजल
नगरौँ नेतालाई सम्मान अब,
लगाइदिउँ पूर्णबिराम अब ।
कहाँ कती खायौ ? कती जाना मार्यौ ?
लिनुपर्छ एक एक बयान अब ।
कहिल्यै भएन जनताको देश,
नभन नेतालाई महान अब ।
मन्दिरमा पनि राजनीति गरे,
रिसा'को छ धेरै भगवान अब ।
जती जित्नु जित्यौ,फेरी जित्ने छैनौ,
गर्दैनन् जनताले मतदान अब ।
सधैं छाकै पिच्छे जनता मरेपछी,
कस्को लागि लेख्छौ ? संबिधान अब ।
सधैं किन हामी जनता मात्रै मर्ने ?
बनाउछौं नेताको चिहान अब । ------------ नेपोलियन मरहट्टा, चितवन
26 गजल
एक हैन तिमीबाट हजार पाएको छु अचेल,
नदेखे नि,नभेटे नि आधार पाएको छु अचेल
मलाई चाहिने सबैकुरा तिमीले नै राखेकी छौ,
यस्तो लाग्छ तिमीभित्रै बजार पाएको छु अचेल ।
तिम्ले श्वास फेर्ने हावा मलाई पनि पठाइदेउ,
त्यही हावा बाट मैले बाहार पाएको छु अचेल ।
मैले तिम्लाई भेट्नु अघी लथालिङ थियो जिबन,
लाग्छ मैले तिमी बाटै आकार पाएको छु अचेल ।
मलाई जिउँदो हेर्ने भए खबर लेखी पठाउ है ?
तिम्रा अक्षर भित्र मैले संसार पाएको छु अचेल ।
………. सुर्य मरहट्टा
27 गजल
युद्ध हुन्छ दिन-दिन रातै पिच्छे युद्ध हुन्छ,
हेर्दै जाउ देशमा अब, छाकै पिच्छे युद्ध हुन्छ ।
जो सँग छ टन्न पैसा त्यही मात्रै बाँच्न सक्छन्,
धनी गरीब भन्ने एउटा, नातै पिच्छे युद्ध हुन्छ ।
कही कतै भेट्ने छैनौ 'शान्ति' भन्ने शब्दलाई,
युद्ध हुन्छ फूल-फूल, पातै पिच्छे युद्ध हुन्छ ।
मन खोली तिमी पनि कसै सँग नबोल है ?
बोल्नै हुन्न आजभोलि, बातै पिच्छे युद्ध हुन्छ ।
भुल गर्यो ईश्वरले मान्छेलाई बनाएर,
मान्छे भन्ने किन त्यस्को ? जातै पिच्छे युद्ध हुन्छ ।
28 गजल
भित्र तिमी कठोर छौ,बाहिर आसुँ चुहाए'नी,
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
संसार सारा जिते पनि,सक्ने छैनौ मलाई जित्न,
पर्ने छैन तिम्रो जालमा मिठो मिठो खुवाए'नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
आगो लगाइ सल्काउ या खाल्टो खनि गाडिदेऊ,
तर पाप कुहिदैन हजार बर्ष कुहाए'नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
तिम्रो लागि मेरो मनको,घर बन्द भयो अब,
ढोका मैले खोल्ने छैन अँग अँग छुवाए'नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
अमुल्य छ मेरो जिबन,केको कमी छ र म मा ?
तिमी मलाई सुहाउन्नौ,म तिमीलाई सुहाए'नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
जस्तोलाई त्यस्तै गर्न,मैले पनि जानेको छु,
कत्तीपनी दु:खी हुन्न,तिम्रो गर्भ तुहाए'नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए'नी ।
माया भन्ने दुबै तिर गाढा हुनुपर्दो रैछ,
नजिक भए हेलाँ गर्छन्,टाढा हुनुपर्दो रैछ ।
असमान आकर्षण,समान ध्रुब बिकर्षण,
फूललाई चुम्न यहाँ काढाँ हुनुपर्दो रैछ ।
सोझोलाई गाह्रो रैछ यहाँ माया लगाउन,
शहरको साँढे जस्तै छाडा हुनुपर्दो रैछ ।
------------ नेपोलियन मरहट्टा, चितवन
30 घोप्टो जुँघा
जब जंगलको शेर शहर पस्यो,
तब शहरको शेर आज गाउँ पसेको छ ।
शेर त आखिर
शेर नै हो जनताको लागि,
गाउँको होस् या शहरको ।
केबल
शिकार गर्छ, त्यस्ले जनताकै ।
हिजो,
माथिल्लो ओठ माथि जुँगा नभएको
बुढो शेरले शिकार गरेको थियो ।
आज,
त्यही माथिल्लो ओठमा
घोप्टो जुँघा भएको शेरले
शिकार गरीरहेको छ जनताको,
सिंहदरबार बसेर ।
कतीदिन टिक्ला र यो घोप्टे पनि ?
एक्
कतीदिन टिक्ला र यो घोप्टे पनि ?
एक्दिन त, कुनै हजामले
काट्ला नि त्यस्को घोप्टे जुँघा ।
घोप्टो जुँघा देख्दैमा
को डराउँ छ र यहाँ ?
अब जनताले चिनिसके
त्यो घोप्टे जुँघालाई ।
हेर्दै जाउ तिमी अब,
त्यो घोप्टो जुँघा,घोप्टिदै छ
आफ्नै भाग्यमा थाल घोप्टिए झैँ ।
अब त्यस्ले बन्दुक उठाए पनि
डराउने छैनन कोही ।
के,
निधारमा रातो टिका लगाउदैमा
त्यो देशभक्त हुन्छ र ?
के भनेको थिय
के भनेको थियो,त्यस्ले हिजो ?
के गर्दै छ,त्यस्ले आज ?
विश्वाश नगर है,त्यस्लाई अब,
त्यो त बन्दुकले मौलाएको छ अचेल ।
त्यो त सत्ताले बहुलाएको छ अचेल ।
31 शासक बिहिन भएको छु ।
जिउँदा लाशहरु बस्ने
त्यो मशानघाटको सिंहदरबारको
सुनै सुनको कुर्सिमा जो बसे पनि
यती सजिलै म तिमीलाई
आफ्नो शासक मान्दिन ।
तिमीले आँफुलाइ शासक ठाने पनि
वास्तवमा,
म कहिल्यै तिमीबाट शासित भइन ।
देश लुट्न,भेष फेरेर आउने
तिमीजस्ता सत्ताधारी जोगीले
निधारमा एक चिम्टी
रातो खरानी दल्दैमा, म काहाँ
तिमीलाई श्री ३ मान्न सक्छु र ?
कान्तिपुरे खाल्टोमा बसी
सिंहदरबार ओहोर दोहोर गर्दैमा
म तिमीलाई काहाँ शासक मान्छु र ?
शहरको गल्ली देखी,गाउँका ति बस्तिहरुमा
कहिल्यै शासन गर्न सकेनौ तिमीले ।
न त, देशको कुनै सिमानाहरुमा नै
शासन गर्यौ ?
भोका,नाङगा र रोगीहरुले पनि
केही पाएनन् तिम्रो सत्ताबाट ।
नत ति पहाड,पर्बतले नै
श्रीँगार पाए तिमी बाट ।
कती नदी, छहरा र खोलाहरु
तिम्रो हातबाट फुत्किएर पश्चिम बगे,
तर, बिडम्बनाको कुरो
बगीजाने एक मुठी पानीमा पनि
शासन गर्न सकेनौ तिमीले ।
अनि,कसरी म तिमीलाई
जंगबहादुर भन्न सक्छु र ?
साँच्चै,यस्तो लाग्छ मलाई,
आजभोली
तिमी सत्तामा आएदेखी त
म देशभित्रै भएपनि
एउटा शासक बिहिन भएको छु ।
तिमी बिहिन भएको छु ।
.......... नेपोलियन मरहट्टा
No comments:
Post a Comment