Monday, March 9, 2009

गजल


पिरतीको चिहानमा एउटा फूल सार्छु मैले,

यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले

 

कहिल्यै धोका दिने छैन यदि विश्वाश गर्छौ भने,

आफु बगी गए पनि तिमीलाई खोला तार्छु मैले

यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले

 

जुवा रैछ जिन्दगी यो मात्र मलाई एक चोटि,

तिम्ले मौका दिन्छौ भने सधैं चौका पार्छु मैले

यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले

 

हिजो सम्म जितेकै हो जिन्दगीको खेलहरु,

आज घात् गर्यौ भने एउटा बाजी हार्छु मैले

यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले

 

तर आज छोड्यौ भने यती कठोर् बन्छु कि ,

रुन्छु कराउछु आसुँ झार्छु मैले

यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले

 

 भाउ बढ्ने भयो......

 

पोहोर साल ब्यापारीले सामान लुकाए

पछी ह्वात्तै भाउ बढ्यो ।

यसपाली इन्धन पनि लुकाए

त्यस्को पनि भाउ बढ्यो ।

शहरमा हाहाकार मच्चियो,

खबर पत्र पत्रीकामा छापियो

देसै भरी हल्ला चल्यो ।

तिनै ब्यापारीको सिको गरेर

दुई चार दिन भयो,मेरी प्रेमिकाले पनि

माया लुकाएकी छिन् ।

देखभेट ,बोलचाल केही छैन अचेल ।

मायाको झ्याल,ढोका,बजार,पसल,घुम्तीहरु

सबै बन्द गरेकी छिन् ।

रामराम...कही कतै केही खोलेकी छैनन ।

हुन त म,

मायामा अल्ली लोभी मान्छे हो,

कतै उन्लाई घाटा लाग्यो कि ? मर्का पर्‍यो कि ?

शायद लेन देनको

हिसाब किताब नै नमिलेर होला,

कतै पेट्रोलमा मट्टीतेल मिसाए झै

मिसवाट् गर्न पो हो कि ? खै किन हो ?

आजभोली सबै करोबार ठप्प गरेकी छिन् ।

यो बर्ष पनि देश बनेन,

लामै खडेरी पर्‍यो ।

खेतीपाती केही छैन,बेच्ने कुरो केही भएन ।

घरखर्च धान्न पनि मुस्किल छ ।

दैबले कस्तो छल गर्‍यो मलाई ????

यसै बर्ष मायाको पनि भाउ बढ्ने भयो ।

महंगीले आकाश छुने भयो ।

No comments:

Post a Comment