32 बिज्ञापन
हराएको मेरो मान्छे देख्नु भयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
खोज्नु होला शहरको भिडहरु छिचोलेर,
नेपालबन्द गरी बाटो छेक्नु भयो भने कतै ।
साहित्यको अनुरागी, शायद उनी आउन सक्छिन,
सारँगीको तारहरु रेट्नु भयो भने कतै ।
जसरी'नि उन्को घरमा यो खबर दिनुहोला,
काठमाडौं भन्ने ठाउँमा पाइला टेक्नु भयो भने कतै ।
शहरिया स्वाभावकी, 'घमन्डी' हो भन्नु होला,
रेडियोमा बिज्ञापन लेख्नु भयो भने कतै ।
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
हराएको मेरो मान्छे देख्नु भयो भने क
34 गजल
मलाई त तपाईंको शादी भए जस्तो लाग्यो,
नाहिँ नाहिँ भन्ने मुखमा हाँ जि भए जस्तो लाग्यो ।
नत्र भेट हुन्थ्यो हाम्रो, कुरागर्न आउनु हुन्थ्यो,
नसोचेको एउटा त्यही बाजी भए जस्तो लाग्यो ।
नाहिँ नाहिँ भन्ने मुखमा हाँ जि भए जस्तो लाग्यो ।
यती चाडै पराइको घरमा जान्न भन्नु हुन्थ्यो,
जवानीको बशमा परि राजी भए जस्तो लाग्यो ।
नाहिँ नाहिँ भन्ने मुखमा हाँ जि भए जस्तो लाग्यो ।
नाता लाग्यो मेरो पनि हिजोको त्यो पराइलाई,
आजदेखी त्यै मान्छे झिँझाजी भए जस्तो लाग्यो ।
नाहिँ नाहिँ भन्ने मुखमा हाँ जि भए जस्तो लाग्यो ।
खुशी लाग्यो मलाई पनि, तपाइँ पूर्ण हुनु भयो,
तर मेरो जिन्दगी यो, आधी भए जस्तो लाग्यो ।
नाहिँ नाहिँ भन्ने मुखमा हाँ जि भए जस्तो लाग्यो ।
मलाई त तपाईंको शादी भए जस्तो लाग्यो ।
35
ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी पानी बनाइदिन्छु म ।
जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।
भोली देखी शहर बजार मान्छे भई हिड्छ गजल,
प्राण भरी त्यसमा अझै जवानी बनाइदिन्छु म ।
मोफसल मै बसी बसी तीर् हान्छु उपत्यका,
गजलबाटै युद्ध छेडि खरानी बनाइदिन्छु म ।
कस्ले भन्छ काठमाडौंमा मात्रै गजल खेती हुन्छ ?
चितवनलाई त गजलकै राजधानी बनाइदिन्छु म ।
----------- सुर्य मरहट्टा
-कृष्ण दर्शन
एकादेशमा होईन गजल, काहानी बन्नलाई
नरम छैन साहित्य, पानी बन्नलाई
जुनसुकै मौसममा फुल्न सक्छ फूल
सक्षम हुनुपर्छ माली, वागवानी बन्नलाई
हिजैदेखि हिड्यो यहाँ त्यतातिर भोलि?
आजै रोपौं विजहरु, जवानी बन्नलाई
सकिन्छ भने शस्त्र हानौ आगैआगो फाल्नेगरी
कमजोर छैन कलम, खरानी बन्नलाई
खेती होईन काठ्माडौंमा डाली डाली फुलेकोछ
कांडाहरु फक्रेका छन्, राजधानी बन्नलाई
-काठमान्डौ
36 -नेपोलियन मरहट्टा
स्वस्थानीकै भए पनि काहानी त हो नि आखिर,
जिबन बग्छ साहित्यमा, त्यै पानी त हो नि आखिर ।
यादराख, बेमौसमी फूलको माला लाउँदिन म,
माली जस्तो भए पनि, बाग्बानी त हो नि आखिर ।
हाम्रो तिर फूल फुल्न एकदिन ढिलो होला,
भोलि आए पनि उही जवानी त हो नि आखिर ।
शास्त्र-अस्त्र सबै आउँछन्, केबल धैर्य गर तिमी,
हतारिन्छौ किन ? पाउने खरानी त हो नि आखिर ।
खाल्टो भित्र बसी तिम्ले, जति डाली फुलाए'नि,
फूल चुँडी काँढा रोप्ने, राजधानी त हो नि आखिर ।
भएको कुरा,काहानी हुदैन
साहित्यमा भाव बग्छ, पानी हुदैन
फुल टिप्न माला उन्न बाग हुनु पर्छ
जो पनि माली भए, वाग्वनी हुदैन
बेला भए पछि मात्र फूल फुल्छ जता पनि
मन लागेर आउने, जवानी हुदैन
धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ
जीवन अमर भए, खरानी हुदैन
जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर
कांडा पनि नफुली, राजधानी हुदैन ।
37 -नेपोलियन मरहट्टा
ईतिहास पढे पो त, अर्थ बुझ्छौ काहानीको,
तिर्खाए पो साहित्यमा प्यास बुझ्छौ पानीको ।
स्थाई छ बाग यहाँ,माली मात्रै आउँछन् जान्छन्,
माली हजार हुन सक्छन् मुहार फेर्न बाग्बानीको ।
पहिला भन्थ्यौ,जुन्सुकै मौसममा'नी फूल फुल्छ,
दोधारे मन भए पछी भर हुन्न जवानीको ।
धैर्य भन्दा अघि पछी जे-जे गर्छौ गर तिमी,
ब्युझिन्छौ खाल्टोभित्र धुलो उडे पछी खरानीको ।
जरा मात्रै फक्रिए त, बिनाशको संकेत हो,
काँढा धेरै फुल्यो भने, बोटै मर्छ राजधानीको ।
परमात्माले बोकी हिंड्ने झोला भित्र जिन्दगी छ,
त्यसैले त मनुस्यको चोला भित्र जिन्दगी छ ।
एकदिन प्रभुले नै माछा देखाइ भन्नु भयो,
ए मनुस्य यहाँ हेर खोला भित्र जिन्दगी छ ।
नेपाल भन्ने देश देखाइ उहाँ अझै सोध्नु हुन्थ्यो,
मैले भने बारुद र गोला भित्र जिन्दगी छ ।
महँगी छ देश भरी हावाको'नी पैसा लाग्छ,
मैले भने प्रभु यहाँ, तोला भित्र जिन्दगी छ ।
अमृतको घडा देखाइ पिए हुन्छ भन्नु भयो,
मैले भने व्हिस्की,रम,कोकाकोला भित्र जिन्दगी
घर् लाई खण्डहर भनी फेरि गल्ती नगर है
मशानघाटलाई शहर भनी फेरि गल्ती नगर है
आफ्ना सबै प्यासहरु सधैं लुकाएर राख,
मायालाई रहर भनी फेरि गल्ती नगर है
हाम्रो लागी जिन्दगीको पल पल महँगो छ,
पुरै रातलाई प्रहर भनी फेरि गल्ती नगर है
अर्थहिन बोल्नु भन्दा, बरु लाटो हुनु बेश,
बोकालाई बहर भनी फेरि गल्ती नगर है
गिलासको पानीलाई आफ्नै हातले हल्लाएर,
समुन्द्रको लहर भनी फेरि गल्ती नगर है
40
लैनो भैंसी बिग्रिएर थारो भएपछी,
वाक्क लाग्दो रैछ बाँच्न गाह्रो भएपछी ।
बाहिर सग्लो देखिए'नी भित्र टुक्रा छु म,
मिठो बोल्ने मुख तिम्रो आरो भएपछी ।
असल् मान्छेको नै पसल् बन्द हुँदो रैछ,
नगद् भन्दा बिक्री बढी उधारो भएपछी ।
छोड्नु पर्ने गाउँ, सर्नु पर्ने रैछ बँसाई,
दुनियाँको नजरमा तारो भएपछी ।
जती बाँच्यो त्यती कठिन भो जिन्दगी यो,
कहाँ फुस्किन्छ र गाँठो ? सार्हो भएपछी ।
के छ म दिउँ म तिमीलाई ?
जिन्दगी नै फूलको गुच्छा बनाएर
तिम्री हातमा त सूम्पी सकेको छु ।
फेरी अरु के चहियो र तिमीलाई ?
जब कि, मेरो मन र मस्तिस्कमा नै
ठाउँ दिइ सकेपछी,
भो, अरु कुराको लोभ नगर तिमी
म बाट ।
यो लोभको संसारमा
जसलाई जती दिए पनि कम नै हुन्छ ।
जो बाट जती जे लिए पनि
लिएर कहिल्यै मन भरिन्न यहाँ ।
किनकी यो,
अभाब नै अभाबको संसार हो ।
तर तिमीलाई म सबै कुराको
भरिपूर्ण बनाउने छु ।
सधैं सदाबहार माया दिएर ।
कहिल्यै कुनै कुराको कमी पाउने छैनौ ।
धेरै भन्दा धेरै माया गर्छु म तिमीलाइ
नजाने'नी रंगहरू भर्छु म तिमीलाई । ......... सुर्य मरहट्टा
42 -नेपोलियन मरहट्टा
३६४ दिन सम्म आफ्नो प्रेममा तड्पिएर बसेका
ति,जोडीहरुले बर्षको एक दिन
१४ फेब्रुअरी धुमधामसँग मनाउनुपर्ने ।
के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ?
अहँ म मान्दै मान्दिन ।
जोडी नहुनेहरुले पनि
मनाउन पाउनु पर्छ यो दिन ।
के, जोडी नहुनेहरुको लागी
बर्षमा ३६४ दिन मात्रै हुन्छ र ?
तिमी क्यालेन्डर हेर्न सक्छौ ।
जोडी नहुनेहरुको लागी पनि
त्यहाँ ३६५ दिन नै लेखिएको छ ।
म मेरो जिन्दगीले दिएको
एक दिन पनि छोड्ने छैन ।
ए………
प्रेम गर्ने प्रेमजोडीहरु हो.
तिम्रो जोडी छ, तिमी मनाउ ।
तर, मेरो जोडी नभएपनि
तिमी हेरी राख
म मनाएरै छोड्छु यो बर्षको
भ्यालेन्टाइन डे ।
तिम्रो जस्तो अँगालो हाल्ने,
हात समाउने र चुम्बन गर्ने
मेरो कोही नभए पनि
शहर बजारको भिडहरुमा,
ति, हाट बजारको मेलाहरुमा,
सक्रान्तिको र एकादशीको जात्राहरुमा,
सुपरमार्केटको घुँइचोहरुमा
म, धेरै सुन्दरीहरुसँग ठोक्किएको छु ।
हो, तिनिहरु कै यादमा मनाउँदैछु
यो १४ फेब्रुअरी ।
चक्रपथमा चल्ने नगर बसहरुमा
उक्लिँदा र ओर्लिँदा, धेरै युबतीहरुले
मेरो हात समाते होलान् ।
बाटो काट्दा धेरैले
आँखा जुधाए होलान् ।
धेरैले झुक्किएर
मेरो मोबाईलमा मिसकल गरे होलान् ।
हो, तिनीहरुकै यादमा
मनाउँदै छु म यो बर्षको
भ्यालेन्टाइन डे ।
43 गजल
दिन बेग्लै भए पनि रात एउटै भए हुन्थ्यो,
हर्ष बेग्ला बेग्लै तर बिश्मात् एउटै भए हुन्थ्यो ।
तिमी र म अलग्गिनु छुवाछुतको कारण हो,
आज देखी मानिसको जात एउटै भए हुन्थ्यो ।
हामी टाढा भए पनि हाम्रो मृत्यु नजिकै होस्,
हाम्लाई बोक्ने मलामीको जमात एउटै भए हुन्थ्यो ।
हाम्रो चिता दुनियाँले फरक फरक बनाए'नि,
आगो लगाउने चाँही हात एउटै भए हुन्थ्यो ।
यहि माग्छु भगवानसँग अरु केही माग्दिन म,
छुट्टा छुट्टै जलाए'नि घाट एउटै भए हुन्थ्यो ।
नेपोलियन मरहट्टा
44 गजल
तिम्रो मेरो गाउँ भरी झुटो हल्ला चलेको हो,
मलाई थाहा छैन तिम्रो कसरी घर जलेको हो ?
मेरो केही गल्ती छैन तिम्ले शँका गरेपनि,
शँकाले नै तिम्रो मेरो विश्वाश यो ढलेको हो ।
तिम्लाई बदनाम् गराउन किन गर्थेँ मलजल ?
त्यो त बाँझो खेत भरी आँफै खेती फलेको हो ।
मैले तिम्रो इज्जतमा किन आगो लगाउछु र ?
ढुङ्गाहरु ठटाउँदा आँफै आगो बलेको हो ।
तिमीलाई रुवाउने मेरो पनि मन थिएन,
त्यसैले त, मैले आफ्नो बाटो बदलेको हो ।
गजल हैन आज एउटा गीत लेख्छु तिम्रो लागि,
नजानेको हाम्रो यही प्रित लेख्छु तिम्रो लागि ।
ख्याल ख्यालमै पनि मान्छे नजीक हुदो रैछ,
नियतीको एउटा नयाँ रित लेख्छु तिम्रो लागि ।
उज्यालोले देख्ला भनी घाम डुबेपछी मात्रै,
पातमाथि जिबन बाच्ने शीत लेख्छु तिम्रो लागि ।
पृथ्वी यो घुम्दै जाँदा कुनै दिन भेट होला,
हार हैन अब देखी जित लेख्छु तिम्रो लागि ।
तिम्रो सबै काहानी त कहाँ थाहा छ र मलाई ?
मन भित्र लगाएको मित लेख्छु तिम्रो लागि ।
46
बहकिने मनको पनि बह फरक भएपछी,
बराबर हुन्न आँसु गह फरक भएपछी ।
देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी ।
रस खाइ मौरी पनि भुल्दो रैछ फूललाई,
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछी ।
मेरो मन्ले तिमी भित्र सकेन है पौडी खेल्न,
तिम्रो मन्को दह भित्र रह फरक भएपछी ।
ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
नजोडीदो रैछ मन तह फरक भएपछी
47
कार्यालय भित्र फाइल रोक लागेपछी,
पास गर्छ हाकिमले भोक लागेपछी ।
काम हुन्छ तपाईंको,खल्ती छाम्नु भयो भने,
अड्किदैन त्यस्को हातको तोक लागेपछी ।
सुन खान पायो भने नून बिर्सिदिन्छ उस्ले,
होटेलमा व्हिस्की,बियर,कोक लगेपछी ।
सजिलो छ, हामीलाई पनि आज भोली,
कानूनको ठेली उस्लाई जोक लगेपछी ।
जात,धर्म,ईमान,जमान,पैसा जम्मा भई
के हुन्न र ? एकै ठाउँमा सबैथोक् लागेपछी ।
48
सत्ता भित्र अहंकार जनाउने नेता नै हुन्,
देश डुबाई जन्ता कंगाल् बनाउने नेता नै हुन् ।
हजारौंको भिड भित्र पनि कुनै शंका छैन,
सफा लुगा लगाए'नी गन्हाउने नेता नै हुन् ।
सन्चो हुन लागेपनि,फेरी पट्टी उक्काएर,
घाऊ माथि नून-चुक खन्याउने नेता नै हुन् ।
अस्टमीको दिन बाहेक पनि किन बली दिन्छौ ?
जन्ता मारी दशै-तिहार मनाउने नेता नै हुन् ।
प्राण जाने अन्तिम अन्तिम श्वासमा छ मेरो देश,
म मुग्लानबाट फर्कि आउने आशमा छ मेरो देश ।
फेरी एकीकरण् गरी सबै एउटै बनाउनु छ,
हजार थरी जात,धर्म र भाषामा छ मेरो देश ।
जान्छु म त गुमेका ति भु-भागहरु फिर्ता लिन,
गढवाल् र सिक्किम जस्तै ल्हासामा मेरो देश ।
थाहा छैन कती खेर, जनता सहित् हारिदिन्छन,
बाह्रमासे जुवाडे नेताको पासामा छ मेरो देश ।
सक्ने छैनौ कोही पनि यो भुगोलबाट मेटाउन,
बिरताको छुट्टै एउटा ईतिहासमा छ मेरो देश ।
शहीद भन्दा पनि त्यसै मर्ने ठुलो हुँदो रैछ,
उल्टो रैछ संसार यो, गफै गर्ने ठुलो हुँदो रैछ ।
पाखा लागे हिजोका ति खेल खेल्ने हस्तीहरु,
झुक्किएर च्याँखे दाउमा पर्ने ठुलो हुँदो रैछ ।
तिम्ले सत्ता पाएपनि जन्ताको भाग्य फेरिएन,
छाउरा बोकी शहर बसाइँ सर्ने ठुलो हुँदो रैछ ।
मलाई पनि देखाइ देउ,कहा बन्यो देश आज ?
चढ्ने भन्दा ओरली नै झर्ने ठुलो हुँदो रैछ ।
अब भिक्षा दिनु हुन्न, सत्ताधारी जोगीलाई,
दिने भन्दा पनि झोला भर्ने ठुलो हुँदो रैछ ।
51
दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल,
जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल ।
आजभोली किन तिम्रो प्रेम बोट ओइलाउदै छ ?
जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।
दुइटै हात तन्काएर तिम्ले अँगालोमा बेरे पनि,
किन किन मलाई तिम्रो हात छोटो लाग्छ अचेल ।
मेटिदैन प्यास मेरो थोपा थोपा पिलाएर,
बाह्रै महिना रुझे पनि बर्षात छोटो लाग्छ अचेल ।
लम्बाइ,चौडाइ,गहिराई जति सुकै बढाउ तिम्ले,
तर मलाई तिम्रो मन्को आयात छोटो लाग्छ अचेल ।
No comments:
Post a Comment